ट्वान्टी–२० : नेपाल ‘ए’ र आयरल्यान्डबीच आज पहिलो खेल
फाइल तस्बिर ।

Advertisement

काठमाडौं । नेपाल ‘ए’ आज आयरल्यान्डविरुद्ध पहिलो खेल खेल्दै छ । घरेलु मैदानमा आयोजित ट्वान्टी–२० शृंखलामा नेपाल आयरल्यान्डविरुद्ध खेल्ने भएको हो । 

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने यो खेल दिउँसो १ बजेदेखि सुरु हुनेछ । 

Advertisement

यसअघि आयरल्यान्डले नेपाली राष्ट्रिय टिमसँग दुई ट्वान्टी–२० क्रिकेट खेलेको थियो । दुवै खेलमा हार व्यहोरेको आयरल्यान्ड भने आज जित निकाल्नुपर्ने नैतिक दबाबमा हुनेछ । 

आयरल्यान्डविरुद्ध नेपाल ‘ए’ विनोद भण्डारीको कप्तानीमा उत्रिनेछ । 

यसअघि नेपाल ‘ए’ र आयरल्यान्डबीचको ट्वान्टी–२० शृंखला बिहीबारदेखि सुरु हुने तालिका थियो । तर, पहिलो खेल वर्षा कारण रद्द भएपछि नेपाल क्रिकेट संघ (क्यान) ले पुनः नयाँ तालिका निकालेको हो । 

तालिकाअनुसार, नेपाल र आयरल्यान्डले आज पहिलो, शनिबार दोस्रो र सोमबार तेस्रो खेल खेल्नेछन् । ट्वान्टी–२० शृंखलापछि यी दुई टिमले तीन खेलको एकदिवसीय शृंखलामा प्रतिस्पर्धा गर्नेछन् ।

एकदिवसीय शृंखला बुधबारदेखि सुरु हुनेछ । एकदिवसीय शृंखलाको पहिलो खेल बुधबार, दोस्रो शुक्रबार र तेस्रो आइतबार हुनेछ ।

Advertisement

Advertisement