समता घरेलु लघुवित्तको लाभांश सुनिश्चित गर्ने अन्तिम दिन आज

Advertisement

काठमाडौं । समता घरेलु लघुवित्तको लाभांश सुनिश्चित गर्ने आज (चैत्र १८ गते) अन्तिम दिन हो । संस्थाले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि (चैत १९) बुक क्लोज गर्दैछ ।

लाभांश पारित गर्न कम्पनीको सभा चैत्र २९ गते बिहीबार नमोबुद्ध बैंक्वेट एन्ड इभेन्ट, बनेपा–७, काभ्रेपलान्चोकमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ ।

Advertisement

संस्थाले चुक्ता पुँजी ३९ करोड ४१ लाख ५५ हजार ८२१ रुपियाँबराबरको ५.४२२२ प्रतिशतले हुन आउने रकमबापतकाे बोनस शेयर र ०.२८५४ प्रतिशतले हुन आउने रकम ११ लाख २४ हजार ८४५.८४ रुपियाँ नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव राखेको छ ।

त्यस्तै, सभाले एफपीओ निष्कासन गर्ने र कम्पनीले मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गर्नेसम्बन्धी भएका सम्पूर्ण कार्य तथा निर्णयसमेत पारित गर्ने एजेन्डा छ । 

साथै, उपयुक्त लघुवित्त वित्तीय संस्थासँग गाभ्ने, गाभिने ९मर्जर० वा प्राप्ति गर्नेसम्बन्धी सम्झौतापत्र तर्जुमा गर्ने र सोसम्बन्धी आवश्यक अन्य प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्ने बताइएको छ ।

Advertisement