यी तीन बैंक तथा वित्तीय संस्थाको संस्थापक शेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति ?

Advertisement

काठमाडौं । महालक्ष्मी विकास बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

हाल यो शेयरमा संस्थाका विद्यमान संस्थापक शेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् । आवेदन ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय दरबारमार्गमा आइपुग्ने गरी दिनुपर्नेछ । सो समयभित्र आवेदन नपरेमा सर्वसाधारणका लागि खुला हुनेछ । यद्यपि, कति कित्ता र मूल्य हो भन्नेबारे खुलाइएको छैन ।

Advertisement

त्यसैगरी, प्रभु बैंक र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले पनि संस्थापक शेयर बिक्रीमा राख्ने भएका छन् । 

प्रभु बैंकले आगामी चैत २५ गतेदेखि संस्थापक समूहको ६१ हजार ७ सय ६२ कित्ता बिक्रीमा ल्याउनेछ भने स्वावलम्बन लघुवित्तले १४ हजार ७ सय १० कित्ता शेयर बिक्रीमा राख्नेछ । 

शेयर खरिद गर्न संस्थाका विद्यमान संस्थापक सेयरधनी तथा अन्य जोकोहीले आवेदन दिन सक्नेछन् । 

प्रभु बैंकको संस्थापक शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपियाँ र स्वावलम्बन लघुवित्तको मूल्य प्रतिकित्ता ३५० रुपियाँ तोकिएको छ । न्यूनतम १०० कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । यसको शेयर बिक्री प्रबन्धकमा एलएस क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या तथा मूल्य खुलाई वैशाख १६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

Advertisement