अल ताईविरुद्ध अल नासरको जित, रोनाल्डोको ह्याट्रिक
फाइल तस्बिर ।

Advertisement

काठमाडौं । साउदी प्रो–लिगमा शनिबार अल नासरले अल ताईलाई ५–१ ले हराउँदा  क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका छन् ।

अल ताइविरुद्ध रोनाल्डोले दोस्रो हाफमा १४ मिनेटको बीचमा ह्याट्रिक पूरा गरेका थिए भने २० औं मिनेटमा ओटाभिडोले गोलबाट अल नासरले अग्रता लिएको थियो । तर, दुई मिनेटपछि नै अल ताइका लागि भर्जिल मिसिडजानले बराबरी गोल फर्काए । 

Advertisement

३६औं मिनेटमा मिसिडजानले दोस्रो पहेलो कार्ड सामना गर्दै मैदान छाडेपछि अल ताइ १० खेलाडीमा सिमित भएको थियो। अब्दुलरहमान घारिबले पहिलो हाफको इन्जुरी समयमा गोल गरेपछि अल नासरले खेलमा फेरि अग्रता बनाएको थियो ।

६४ औं मिनेटमा रोनाल्डोले पहिलो गोल र टोलीका‌ लागि तेस्रो गोल गरे। ६७ औं मिनेटमा दोस्रो गोल गरेका रोनाल्डोले ८७ औं मिनेटमा आफ्नो ह्याट्रिक पूरा गरे ।
रोनाल्डोको‌ जारी सिजनमा यो दोस्रो र समग्रमा ६४ औं ह्याट्रिक हो ।

२५ खेलमा अल नासर अल हिलालभन्दा १२ अंकले पछाडि छ । अल ताई २२ अंकका साथ १६ औं‌ स्थानमा छ।

Advertisement