दाबी भुक्तानी नलिएका बिमितलाई सम्पर्कमा आउन युनाइटेड अजोडले गर्यो आग्रह

Advertisement

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले बीमा दाबी भुक्तानी लिन बाँकी रहेका बीमितलाई सम्पर्कमा आउन भनेको छ । 

कम्पनीमा प्राप्त भएका दाबी निवेदनमध्ये लामो समयसम्म सम्पर्कमा नआएका दाबीकर्तालाई आवश्यक कागजातसहित पायक पर्ने शाखा वा प्रधान कार्यालयको सम्पर्कमा आउन आग्रह गरेको हो ।

Advertisement

साथै, कम्पनीले सम्बन्धित बीमा सर्भेयरलाई सम्पर्क गरी सम्पत्ति बीमा, इन्जिनियरिङ बीमा, मोटर बीमा, मरिन बीमा, विविध बीमा, कृषि, पशुपन्छी तथा जडिबुटी बीमाअन्तर्गतको दाबी भुक्तानी लिनसमेत आग्रह गरेको छ । 

आजका मितिले ३५ दिनभित्र पनि सम्पर्कमा नआएमा दाबी फाइल बन्द हुने कम्पनीले जनाएको छ ।

Advertisement