कर्पोरेटनेपालको वार्षिकोत्सवमा निःसहाय सेवा सदनलाई रु. ५० हजार सहयोग हस्तान्तरण

Advertisement

काठमाडौं । कर्पोरेटनेपाट डटकमले काठमाडौं शान्तिनगर मिनभवन स्थित निःसहाय सेवा सदनलाई रु. ५० हजार सहयोग हस्तान्तरण गरेको छ । 

संस्थाले दशौं वार्षिकोत्सवका अवसरमा आज आयोजित विशेष समारोहका बीच उक्त सहयोग रकम हस्तान्तरण गरेको हो । विगत ५ वर्षदेखि संस्थाले आफ्नो वार्षिकोत्सवका अवसरमा सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न संघसंस्थालाई सहयोग रकम हस्तान्तरण गर्दै आएको अध्यक्ष सिताराम बिलासीले बताउनु भयो । 

Advertisement

वि.सं. २०४८ सालमा स्थापना भएको निःसहायक सेवा सदनमा हाल परिवारबाट अपहेलित भई कष्टकर जीवन बिताईरहेका ७० जना भन्दा बढी बृद्धबृद्धालाई आश्रय दिइएको संस्थाका अध्यक्ष करुणा गोबिन्द श्रेष्ठले बताउनु भयो । 

संस्था सञ्चालनका लागि १७ सदस्यीय कार्यसमिति रहने गरेको छ । संस्थाद्वारा सञ्चालित ज्येष्ठ नागरिक आवास गृह विभिन्न सहयोगी दाता र संघसंस्थाहरुको आर्थिक सहयोगमा सञ्चालन हुँदै आएको छ । 

Advertisement