कर्पोरेटनेपाल डटकमको वार्षिकोत्सवमा सहकर्मीहरु बोलखे र शेर्पा सम्मानित

Advertisement

काठमाडौं । कर्पोरेटनेपाल डटकमका दुई जना सहकर्मीहरु सम्मानित भएका छन् । 

संस्थाको दशौं वार्षिकोत्सवको अवसरमा आज आयोजित विशेष समारोहमा प्रबन्ध सम्पादक खेम बोलखे र संवाददाता फुर्वा शेर्पालाई सम्मान गरिएको हो । 

Advertisement

विगत ५ वर्षदेखि संस्थामा कार्यरत बोलखेलाई दीर्घ सेवा सम्मान प्रदान गरिएको हो । 

त्यस्तै केही समयअघि रसियाको सबैभन्दा अग्लो हिमाल एल्ब्रस हिमालमा कर्पोरेटनेपालमा लोगोसहितको झण्डा फहराउन सफल भएकी शेर्पालाई उक्त साहसिक कार्यको लागि सम्मान प्रदान गरिएको हो । 

शेर्पाले विगत २ वर्ष भन्दा बढी समयदेखि कर्पोरेट नेपालमा पर्यटन बिधामा कलम चलाउँदै आएकी छिन् । 

Advertisement