राशिफलः आज (चैत्र २२) तपाइँको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल चैत महिनाको २२ गते बिहीबार, चैत्र कृष्णपक्षको दशमी तिथि ।

मेष 
पेशागत जीवन औसत अवस्थामा रहने छ । होटल, रेष्टुरेण्ट, डान्सबार, सुरक्षा निकाय, बाउन्सर जस्ता पेशामा सक्रियहरुलाई समयमा केही सुधार आउने छ । सेवा क्षेत्रमा आवद्धहरुलाई भने केही चुनौति थपिने छ । शेयर बजारबाट आंशिक लाभ मिल्ने छ । व्यक्तित्व भने दुविधात्मक खालको हुने छ । निर्णय क्षमतामा गिरावट आउने छ । बोलीको प्रभावकारीता आउने भएकाले संयमित रहनु होला ।

Advertisement

वृष
पेशागत जीवन स्थिर रहने छ । शेयर क्षेत्र मध्यम खालको बन्नेछ । बोलीको प्रभावशालीतामा बृद्धि हुने छ । पारीवारिक जीवनमा भने केही द्वन्द देखा पर्ने भएकाले संयमित रहनु होला । ठेक्कापट्टा, निर्माणका काम, श्रम क्षेत्र, भाडाका सवारीसाधन, उद्योग कलकारखाना, हेभि इक्विमेण्ट जस्ता क्षेत्रमा संलग्नहरुलाई फाइदामा बृद्धि हुने छ ।

मिथुन 
जागिर सेवा, श्रम क्षेत्र, मजदुरी, छालाको व्यापार जस्ता क्षेत्रमा संलग्नहरुलाई समय अनुकुल रहने छ । शेयर क्षेत्र थोरै सकारात्मक दिशामा रहने छ । व्यापार व्यवसायमा आवद्धहरुलाई पनि नाफामा बृद्धि हुने छ । बोलीमा रुखोपना देखा पर्ने भएकाले यस विषयमा ध्यान दिनु होला । पेशागत क्षेत्र अनुकुल रहने छ ।

कर्कट
शिक्षण, प्रध्यापक, शिक्षा क्षेत्र, स्टेसनरी, पुस्तक पसल जस्ता क्षेत्रमा संलग्नहरुलाई समय सकारात्मक रहने छ । शेयर क्षेत्र पनि सकारात्मक बन्ने छ । नरमपना देखा पर्ने छ तर कमजोर मनोबलयुक्त व्यक्तित्व हुने छ । निर्णय क्षमतामा कमि देखा पर्ने छ । शारीरिक समस्याहरु देखा पर्ने भएकाले संयमित रहनु होला । आम्दानीमा केही बृद्धि हुने हुँदा राहत मिल्ने छ ।

सिंह
साझेदारीमा गरिएका कामहरुका समस्या देखा पर्न जाने छ । चुनौतिपूर्ण र धेरै जोखिमपूर्ण बिधामा सक्रियहरुले अत्यन्त धैर्यतापूर्वक पाइला चाल्नु पर्ने समय छ । आम्दानीमा गिरावट आउने छ । शेयर क्षेत्र प्रतिकुल रहने छ । लक्ष्य प्राप्तिमा बाधा ब्यवधान देखा पर्ने छ । धैर्य भएर पाइला चाल्नु पर्ने समय रहेकाले संयमित रहनु होला । 

कन्या
राजनीति, शिक्षण, शिक्षा क्षेत्र, सेक्युरिटी गार्ड, सुरक्षा निकाय, ठोक्कापट्टा जस्ता क्षेत्रमा सक्रियहरुलाई समय केही चुनौतिपूर्ण देखिने छ । शेयर क्षेत्र सकारात्मक रहने छन् । पेशागत जीवनमा चुनौतिहरु देखा पर्ने छन्, बिबादको अवस्था आउने छ । त्यसैले संयम भएर पाईला चाल्नु पर्ने देखिन्छ । बोलीको प्रभाव घट्ने हुँदा बन्न बन्न लागेका काममा अवरोध आउने छ ।

तुला
सुरक्षा निकाय, सेक्युरिटि, खेल, अग्नि रक्षक, होलट रेष्टुरेण्ट जस्ता क्षेत्रमा सक्रियहरुलाई समय चुनौतिपूर्ण देखिन्छ । शेयर बजारबाट लाभ मिल्ने छ । समय प्रतिकुल रहेकाले धैर्यता साथ पाइला चाल्नु नै बुद्धिमानी हुने छ । शारीरिक कमजोरी देखिने छ । दाम्पत्य जीवनमा पनि समस्या देखा पर्ने छ । व्यक्तित्व कमजोरी बढ्न पुग्ने छ ।

वृश्चिक
पेशागत जीवन मध्यम खालको गतिमा अघि बढ्ने छ । आर्थिक अपेक्षाहरु धेरै भए पनि यसमा धेरै लाभ नभए पनि आर्थिक पक्ष धेरै कमजोर पनि हुने छैन् । राजनीति, चिनी, सख्खस, धार्मिक वस्तुको कारोवार, सजावटको व्यापार जस्ता क्षेत्रमा रहेकाहरुलाई केही अनुकुलता देखिने छ । शेयर बजार भने प्रतिकुल रहने छ । बोलीको प्रभाव ह्वात्तै बृद्धि हुने छ ।

धनु 
होटल, रेष्टुरेण्ट, जलविद्युत, शिक्षा, परामर्श जस्ता क्षेत्रमा आवद्धहरुलाई सोचे जस्तो उन्नति प्रगतिका क्रम रहने छैन् । शेयर बजार पनि अनुकुल बन्न सक्ने छैन् । पारीवारिक जीवनमा कटुता र तनाव देखिने छ । शारीरिक रुपमा धेरै कमजोरी उत्पन्न हुने छ । रोग प्रतिरोधात्मक क्षमतामा गिरावट आउने भएकाले यसबारेमा सतर्क रहनुहोला । अस्पतालजनय खर्चमा बृद्धि हुने छ ।

मकर 
म्यानपावर, दुग्धजन्य व्यापार, डेरी, कोल्ड ड्रिङ्स, पानी, मदिरा जस्ता क्षेत्रमा आवद्धहरुलाई केही सुधार देखिने छ । शेयर क्षेत्रबाट फाइदा मिल्ने छ । व्यक्तित्वमा दृढता बृद्धि हुने छ । मनमा निराशा भावले सताउने छ । मनलाई नियन्त्रणका लागि प्रयास गर्नु होला । साझेदारीमा गरिएका कामहरुमा बिबाद देखा पर्ने छ । यात्रामा कठिनाई भोग्नु पर्ने छ ।

कुम्भ 
दुध, पेय पदार्थ, मदिरा, पानी, कोल्ड ड्रिङ्स, आयात निर्यात जस्तामा पेशामा आवद्धहरुलाई फाइदा मिल्ने छ । शेयर क्षेत्र पनि अनुकुल तर्फ जाने छ । मनमा अनावश्यक दबाब देखिँदा तनाव र निराशाले सताउने छ । पेशागत क्षेत्रमा केही स्थिरता देखा पर्ने हुँदा यसले केही राहत प्रदान गर्ने छ । सामाजिक छविमा बृद्धि हुने छ ।

मीन
चिसो पदार्थ, दुध, मदिरा, आइसक्रिम जस्ता क्षेत्रको व्यवसायमा आवद्धहरुलाई नोक्सानीको चुनौति रहेको छ । त्यसैगरी आयातको कारोवारमा पनि गिरावट आउने छ । शेयर बजार औसत रहने छ । परिवारमा भने एकताको भावनामा बृद्धि हुँदा शान्तिपूर्ण वातावरण रहने छ । पेशागत जीवन पनि मध्यम खालको रहने छ । तर आलोचना गर्नेहरु भने बढ्ने छन् । प्रशासनिक निकायको झमेला थपिने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement