ह्वासिन सिमेन्टले थप ६ अर्ब ६३ करोड लगानी भित्र्याउँदै, अध्ययन गर्न प्राविधिक कमिटी
फाइल तस्बिर

Advertisement

काठमाडौं ।  सरकारले चिनियाँ लगानीको ह्वासिन सिमेन्टलाई थप लगानी गर्न दिनेबारे निर्णय गर्न प्राविधिक समिति बनाउने निर्णय गरेको छ । बिहीबार लगानी बोर्डको बैठकले प्राविधिक समिति गठन गर्ने निर्णय गरेको हो । 

स्रोतका अनुसार सोही कमिटीको अध्ययनको आधारमा उद्योगलाई थप लगानी विस्तार गर्ने स्वीकृति दिइनेछ । 

Advertisement

चिनियाँ कम्पनी ह्वासिनको लगानीमा धादिङमा ह्वासिन सिमेन्ट उद्योग सञ्चालन भइरहेको छ । सुरुमा यसमा कम्पनीले १४ अर्ब ८२ करोड ६० लाख रुपियाँ लगानी गरेको थियो । २०७२ सालमा कम्पनीले बोर्डबाट लगानी स्वीकृत गराएको थियो । २०७५ बाट निर्माण सुरु गरिएको यो उद्योग २०७८ मा सञ्चालनमा आएको थियो । यसबाट दैनिक ३ हजार मेट्रिक टन सिमेन्ट उत्पादन हुन्छ । 

सञ्चालनमा आएको दुई बर्षमै कम्पनीले लगानी थप्ने प्रस्ताव गरेको हो । चिनियाँ कम्पनी ह्वासिनले यसमा ६ अर्ब ६३ करोड रुपियाँ लगानी थप्ने प्रस्ताव बोर्डमा पठाएको छ । बोर्डकै सहजीकरणमा यो उद्योग स्थापना भएको थियो । 
null

Advertisement