नेप्स झिनो अंकले तल ओर्लियो, कारोबार रकममा भने सुधार

Advertisement

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । बजार तल झरे पनि आज कारोबार रकम भने ३ अर्ब नाघेको हो । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २.७३ अंकले घटेको हो । ०.१३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २००४.०५ अंकमा झरेको छ । 

Advertisement

समग्रमा बजार घटे पनि आज वित्त, होटल एण्ड टुरिजम, लघुवित्त र निर्जीवन बीमा समूहमा हरियाली छाउँदा बाँकी राताम्मे भए । 

३०२ कम्पनीका ६९ लाख ६३ हजार ३ सय ५९ कित्ता शेयर कारोबार हुँदा ३ अर्ब ३ करोड ७२ लाख ६७ हजार ३ सय ७.८५ रुपियाँ बराबरको कारोबार भएको हो । 

आज विभिन्न ५ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी कमाए । मानुषी लघुवित्त, मनकामना स्मार्ट लघुवित्त, गुराँस लघुवित्त, तारागाउँ रिजेन्सी होटल र वीन नेपाल लघुवित्तका लगानीकर्ताहरुले क्रमशः १०, ९.९९, ९.९७, ९.९० र ९.२१ प्रतिशतले नाफा कमाएका छन् । 

त्यस्तै आज पिपुल्स पावरका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.०५ प्रतिशतले घाटा व्यहोरेका छन् ।

गोर्खाज फाइनान्स लिमिटेडको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २३ करोड ३२ लाख ९१ हजार ६ सय १२ रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन आइतबार बजार १७.३० अंकले घट्दा ३ अर्ब २० करोड ५३ लाख ३२ हजार ३ सय २४.७६ रुपियाँ, सोमबार ६.२६ अंकले बजार घट्दा २ अर्ब ८७ करोड ४७ लाख ५४ हजार ३ सय ५.७५ रुपियाँ, मंगलबार १.८५ अंकले बजार घट्दा २ अर्ब २९ करोड १६ लाख ४५ हजार ५ सय ८५.४९ रुपियाँ र हिजो बुधबार ३.४३ अंकले बजार घट्दा २ अर्ब ५३ करोड ६२ लाख ३३ हजार ९ सय ८६।६७ रुपियाँ बराबरको कारोबार भएको थियो । 
  

Advertisement