अर्थमन्त्री पुनको निर्णयमा बैंकरहरुको असन्तुष्टी

Advertisement

काठमाडौं । अर्थ मन्त्रालयले स्थानीय तहमा जाने अनुदान निक्षेपमा गणना गर्न नपाउने व्यवस्था गरेपछि बैंकरहरु असन्तुष्ट भएका छन् । 

नेपाल बैंकर्स संघले आज आयोजना गरेको कार्यक्रममा बैंकरहरुले यस्तो असन्तुष्टी व्यक्त गरेको हो । उक्त अवसरमा संघका अध्यक्ष सुनिल केसीले सरकारले गरेको भद्र सहमति पालना नगरेको आरोप लगाए ।  

Advertisement

स्थानीय तहमा बैंकहरु जाँदा विशेष व्यवस्था गर्छौ भनेर राज्य तहबाट कुरा आएको हो, अहिले बैंकहरु ७५२ स्थानीय तहमा पुगेको अवस्थामा राज्यले झन् कसिलो नीति लिएको बैंकरहरुको आरोप छ । 

चैत्र मसान्तसम्म स्थानीय निकायको पैसालाई निक्षेपमा गणना गर्न पाउने व्यवस्था हटाउँदा बैंकहरूको निक्षेप घटेको अध्यक्ष केसीले बताए । 

अध्यक्ष केसीले अहिले बैंकिङ प्रणालीमा अधिक तरलता रहेको बताउँदै लगानीयोग्य रकम थुप्रिए पनि कर्जाको माग भने बढ्न नसकेको बताए । 

त्यस्तै पत्रकार सम्मेलनमा राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठले बैंकिङ क्षेत्रमा कुनै समस्या नभएको बताए । 

कार्यक्रममा संघका कार्यकारी निर्देशक अनिल शर्माले नेपालको बैंकिङ क्षेत्र तथा चालु अर्थतन्त्रका बारेमा प्रष्ट पारेका थिए । 

Advertisement