सेन्ट्रल फाईनान्सको साधारणसभाः १९ शाखा सञ्जाल, ९४ करोड ८८ लाख चुक्ता पूँजी

Advertisement

काठमाडौं । सेन्ट्रल फाईनान्स लिमिटेडको २७औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । साधारण सभाले वार्षिक प्रगति र वित्तीय प्रतिवेदन छलफल सहित पारित गरेको छ । 

चुक्ता पूँजी रु. ९४ करोड ८८ लाख ७५ हजार रहेको संस्थाको हाल निक्षेप रु. ७ अर्व २६ करोड र कर्जा रु. ४ अर्व ८३ करोड रहेको छ ।

Advertisement

संस्थाले सेन्ट्रल स्मार्ट मोबाइल बैंकिङ एप, एटीएम डेबिट कार्ड, चेक क्लियरिङ्ग, आईपीएस, कनेक्ट आईपीएस, कर्पोरेट पे, आरटीजीएस, मर्चेन्ट क्यूआर पेमेन्ट, क्यूआर टेलर, रेमिट्यान्स सेवा, सी–आास्वा जस्ता आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 

संस्थाले आधुनिक प्रविधिको उच्चतम प्रयोग गरी थप डिजिटल बैंकिङसेवा प्रदान गर्दै लैजाने लक्ष्य लिएको छ । ग्राहकहरुको बैंक खाता, वालेट, क्यूआर जस्ता विद्युतीय रकमान्तर तथा भुक्तानीका माध्यममा सहज पहुंचको व्यवस्था पनि मिलाएको संस्थाको विभिन्न शाखा कार्यालयहरुमा एटीएम सेवा पनि सञ्चालनमा रहेको छ ।

संस्थाको ललितपुरको कुपण्डोल कानदेवस्थानमा केन्द्रीय कार्यालय तथा काठमाडौं शाखा सहित काठमाडौंको चावहिल र गोंगबु गणेशस्थान, चितवनको नारायणगढ, रुपन्देहीको बुटवल र भैरहवा, भक्तपुरको च्याम्हासिंह, महोत्तरीको बर्दिबास, नवलपरासीको बर्दघाट, बाराको सिमरा, सिन्धुलीको भिमान र डकाहा, सर्लाहीको लालबन्दी, धनुषाको जनकपुर, सुनसरीको ईटहरी, झापाको बिर्तामोड, पर्साको वीरगञ्ज, मोरङको विराटनगर र रौतहटको चन्द्रपुर गरी १९ वटा शाखा र भक्तपुरको सल्लाघारीमा १ एक्सटेन्सन काउण्टर सञ्चालनमा रहेको छ । 


 

Advertisement