टियागो इभीमा एक लाखले मूल्य वृद्धि

Advertisement

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले विद्युतीय गाडी टाटा टियागो इभीको शुरुवाती मूल्य योजना समाप्त भएको जनाएको छ । 

सन् २०२३ को सेप्टेम्बरमा आयोजित नाडा अटो शोेको अवसरमा कम्पनीले टियागो इभीे नेपाली बजारमा आकर्षक मुल्यमा सार्वजनिक गरेको थियो । टियागो इभी नेपालको विद्युतीय चारपांग्रे सवारी साधनको  बजारमा सर्वाधिक बिक्री हुने, नम्बर १ ह्याचब्याक हो । 

Advertisement

हालसम्म यस गाडीका १,५०० भन्दा बढी सन्तुष्ट  ग्राहकहरू रहेको र यो संख्या उल्लेख्य रुपमा वृद्धी भईरहेको कम्पनीले जानकारी गराएको छ । यस गाडीको खरिदमा सिमित अवधिको लागि राखिएको मूल्य, ग्राहकहरुले दर्शाएको रुचि र मागको कारण मार्च सम्म लम्बाइएको थियो ।  कम्पनिको अनुसार २०२४ अप्रिलको ५ तारिक देखि टियागो इभीको सुरुवाती मुल्यको अवधि सकिएको छ । नेपालमा उपलब्ध टियागो इभीको सबै मोडलहरुमा एक लाखले मूल्य वृद्धि भएको छ । 

undefined

टाटा आफैमा प्रतिष्ठित तथा विश्वसनिय ब्राण्ड भएको र भारतमा निर्मित यस गाडी भौगोलिक हिसावले पनि नेपालका लागि उपयुक्त रहेको छ । टियागो इभिको इन्टेरिएर र एक्स्टेरिएर दुवैको बनावट पनि उत्कृष्ट एवं आकर्षक छ । अत्याधुनिक जिपट्रन प्रविधियुक्त टियागो इभीका पाँच वटा प्रमुख बिशेषताहरु कार्य कुशलता, प्रविधि, विश्वसनियता, चार्जिङ र आरामदायिता रहेका छन् । 

अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्रयास्ट रुफ, पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्प जस्ता विशेषताहरु यसमा रहेका छन् । 
 

Advertisement