एमाले नेता महेश बस्नेतविरुद्ध जबरजस्ती करणीको किटानी जाहेरी

Advertisement

काठमाडौं । एमाले नेता महेश बस्नेतविरुद्ध प्रहरीमा जबरजस्ती करणी गरेको किटानी जाहेरी परेको छ । 

एक महिलाले आफूलाई जबरजस्ती करणी गरेको भन्दै किटानी जाहेरी दिएकी हुन् । हुलाकमार्फत जिल्ला सरकारी वकिलको कार्यालयमा उनले बस्नेतले जबरजस्ती करणी गरेको बताएकी छन् । 

Advertisement

जाहेरीपछि सरकारी वकिलको कार्यालयले आवश्यक अनुसन्धान गर्न भन्दै जिल्ला प्रहरी परिसर, काठमाडौंलाई जाहेरी पठाएको छ । बस्नेतसँग जोडिएको विभिन्न भिडियो र पीडित महिनाका अन्तरवार्ताहरु आइरहे पनि यसअघि उजुरी परेको थिएन् । 

Advertisement

Advertisement