सिजी ब्राण्डको लोकप्रियताको कारण नै विश्वास, गुणस्तरीयता र सेवा होः अर्याल

Advertisement

काठमाडौं । चौधरी समूहअन्तर्गत सिजी इलेक्ट्रोनिक्समा सिजी ब्राण्डका बिक्री प्रवन्धक हरिचन्द्र अर्यालले सिजी ब्राण्डको लोकप्रियताको कारण नै उत्पादनहरुको गुणस्तरीयता, बिक्रीपछिको उच्चस्तरको सेवा र चौधरी समूहप्रतिको विश्वास भएको बताएका छन् । 

सिजी इम्पेक्स प्रा.लि.अन्तर्गत रहेर सिजी ब्राण्डका विद्युतीय तथा घरायसी सामग्रीहरु बिक्री प्रवन्धकको रुपमा काम गर्दै आएका उनले भने, ‘सिजी ग्रुप नेपालको सबैभन्दा ठूलो व्यापारिक समूह हो । यसको आफ्नै इतिहास छ । सिजी ब्राण्ड चौधरी समूहको आफ्नै ब्राण्ड हो । यो ब्राण्डको ग्राहकको आवश्यकताअनुसार रहेक प्रोडक्टमा पनि फरक फरक रेन्जहरु छन् । हरेक खालका उपभोक्ताले आफ्नो आवश्यकताअनुसार सिजीको सामान किन्नसक्छन् । 

Advertisement

चौधरी ग्रुपले अहिले टिभी मात्रै नेपालमा एसेम्बल गर्ने गरे पनि बाँकी उत्पादनहरु बहुर्राष्ट्रिय कम्पनीमा उत्पादन गरेर लेबलिङ गरी आयात गरेर बिक्री गर्नेगर्छ । सीआरटी टिभी र डीभीडी प्लेयरबाट सुरु भएको सिजी ब्राण्डका अहिले सयभन्दा धेरै उत्पादनहरु बजारमा उपलब्ध छन् । सिजीका मुख्य उत्पादनहरुमा एयर कन्डिसनर (एसी), वासिङ मेसिन, टिभी, डि–फ्रिज आदि हुन् । डि–फ्रिजमा सिजी नेपालको नम्बर वान नै मानिन्छ । 

नेपालको विद्युतीय तथा घरायसी सामानको बजारमा बहुर्राष्ट्रिय ब्राण्डपछि सबैभन्दा धेरै कारोबार हुने सिजी ब्राण्ड नै भएको अर्यालले बताए । उनले सिजीको नयाँ नयाँ संस्करण ‘क्यु–लिड’ केही समयअघि मात्रै सौराहामा कार्यक्रम गरी सार्वजनिक भएको हो । यो खालको गुगल एन्ड्रोइड टिभी नेपाली बजारमा ल्याउने सिजी नै पहिलो हो । 

अर्यालले भने, ‘दुई वटा प्रोडक्टबाट सुरु भएको सिजी ब्राण्डले आफ्ना उत्पादनहरु थप्दै र भएका उत्पादनहरु सुधार गर्दै अहिले विशाल साम्राज्य बनाउन सफल भएको छ । यसमा देशभरी रहेका डिलर र डिष्ट्रिब्युटरहरुको ठूलो बिक्री सञ्जालको मुख्य भूमिका रहेको छ । अहिले सिजीका पाँच सय डिलर छन् भने जसमा अहिले चार सयभन्दा बढी सक्रिय कारोबारमा छन् ।’ 

बिक्रीपछिको सेवा चौधरी समूहको जत्तिको राम्रो अरु कसैको पनि नरहेको अर्यालको दावी छ । उनले प्राविधिक सामानमा कुनै पनि बेला समस्या आउनसक्ने भएकाले बिक्रीपछिको सेवा राम्रो दिनुपर्छ भनेर चौधरी ग्रुपले देशका विभिन्न स्थानमा सर्भिस सेन्टरहरु स्थापना गरेको सामान किनेपछि मर्मत पनि नहुने, फिर्ता पनि नहुने अवस्था सिजी ब्राण्डमा नहुने बताए । 

वस्तुको प्रिमियमता र विशेषताको आधारमा सिजी ब्राण्डका उत्पादनमा मूल्यमा फरक पर्नसक्ने भए पनि हरेक रेन्जका उत्पादनको गुणस्तर र विश्वसनीयतामा फरक नपर्ने अर्यालले बताए । उनले सिजी मेरिडिया प्रिमियम रेञ्ज हो भन्दै सिजी मेरिडियामा ८६ इन्चसम्मका ‘इन्फरमेसन डिस्प्ले’ टिभीसमेत ल्याउन सिजी इलेक्ट्रोनिक्स सफल भएको बताए । 

कुलरमा पार्टी प्यालेसहरुले प्रयोग गर्ने १४० लिटर पानी अट्ने उत्पादन समेत सिजीले ल्याएको छ । अर्यालले भने, ‘बहुर्राष्ट्रिय ब्राण्डका सामानहरु किन्न रुचाउने ग्राहकका लागि सोस्तरका सामान नेपाली ब्राण्डमा पनि छ भन्नका लागि सिजी मेरिडिया ल्याइएको हो । यसको प्रिमियमनेस र लुक्स बहुर्राष्ट्रिय उत्पादनभन्दा कुनै पनि हिसाबले कमजोर छैन् ।’ 

सिजी मेरिडियामा ६५ इन्चभन्दा माथिको एलईडी टेलिभिजनका साथै वासिङ मेसिन, साउण्ड बार मल्टिसिस्टम, फ्रिज छन् । सिजीका अन्य उत्पादनमा भने मेरिडिया छैन् । ब्राण्डको नाम ‘सिजी’ दिइए पनि बनाउने बहुर्राष्ट्रिय कम्पनीहरुले नै भएकाले त्यसको गुणस्तरमा कुनै समस्या नहुने उनको तर्क छ । 

अहिले सिजीको विद्युतीय तथा घरायसी सामानको बजार हिस्सा करिव १५ प्रतिशत रहेको अर्यालले बताए । गत बर्ष माग धेरै भएकाले सिजीको एसी र कुलर मागअनुसार आपूर्ति गर्न नसकेको अनुभव सुनाउँदै उनले यस पटक भने त्यस्तो नहोस भनेर आफूहरुले तयार गरेको बताए । ‘त्यो भनेको उपभोक्ताले मन पराएर हो । उपभोक्ताको विश्वास पनि हो’ अर्यालले भने । 

उनले यो बर्ष पनि सिजीका एसी र कुलरसहित गर्मी मौसममा प्रयोग हुने उपकरणहरुको माग त्यत्तिकै मात्रामा बढ्ने आफूहरुको अनुमान रहेको बताए । अर्यालले भने, ‘बजारमा अरु ब्राण्डका उत्पादनप्रति उपभोक्ताको विश्वास कम रहेको र सिजीप्रति विश्वास रहनुको मुख्य कारण यो नेपाली ब्राण्ड हो । अरु ब्राण्डहरुले १० बर्षसम्म पनि ग्यारेन्टी भनिदिनसक्छ । तर सामान बिक्री गरेर केही समयमा नै कम्पनी नै हराउँछ । सम्पर्क व्यक्ति पनि बेपत्ता हुन्छ । त्यसपछि कहाँ खोज्न जाने ? कहाँ गएर मर्मत गर्ने ? तर सिजीको त्यस्तो होइन् । बरु दुई रुपियाँ बढी लिने तर गुणस्तरीय वस्तु बिक्री गर्ने हो । भरपर्दो सेवा दिने हाम्रो नीति हो ।’ 

सिजीको एउटै उत्पादनमा पनि दर्जनौं रेन्जका सामानहरु पाइने भएकाले उपभोक्ताले आफ्नो आर्थिक अवस्था र आवश्यकताअनुसार सामान किन्नसक्छन् । अर्यालका अनुसार साना खालका सिजीका सामान मर्मत गर्नुपर्दा नजिकको डिलर वा सर्भिस सेन्टरमा लगेर मर्मत गर्न सकिन्छ भने बढी तौल भएका सामानको हकमा भने सिजीकै मर्मत टोली ग्राहकको घरमा गएर मर्मत गरिदिन्छन् । मर्मतका लागि ग्राहकले फोन गरिसकेपछि प्रविधिकहरुले दुई घण्टामा त्यसमा प्रतिउत्तर जनाउँछन् सकेसम्म २४ घण्टाभित्र सेवा दिन्छन् । 

बिक्री र सेवा एक रथका दुई पांग्रा हुन् भन्दै उनले थपे, ‘सेवा राम्रो भयो भने बिक्रीको पनि अर्थ हुन्छ । बिक्री राम्रो हुँदा सेवा पनि प्रभावकारी बनाउनैपर्ने हुन्छ । राम्रो ब्राण्ड लिँदा दिर्घकालका लागि हुने भएकाले साधारण ब्राण्डको सामान किन्नुभन्दा राम्रो ब्राण्डको सामान किन्दा नै उपभोक्ताको हितमा हुन्छ ।’ 

ठूलो र प्रतिष्ठित ब्राण्डसँग सामान किन्दा वा व्यवसाय गर्दा उपभोक्ता र डिलर दुवैलाई बढी लाभ हुने र काम गर्न सहज हुने प्रवन्धक अर्यालको भनाई छ । एउटै उत्पादनमा पनि धेरै रेन्ज हुने भएकाले उपभोक्तालाई आफ्नो अनुकुलको सामान किन्न अन्यत्र जानु पर्दैन् । देशभर सिजीका आफ्नै शोरुम २५ वटा छन् । 

सिजी ब्राण्डका सामानहरु किन्दा सिजीका शोरुमदेखि डिलरमार्फत १५ देखि २० प्रतिशतसम्म छुटको व्यवस्था रहेको छ । ‘बाई मोर गेट मोर’ योजनाअन्तर्गत धेरै सामान किन्दा बढी ‘क्यास ब्याक’को सुविधा रहेको छ । अफरहरु सिजनअनुसार फरक पर्नसक्छ । समान हेरेर एकदेखि पाँच बर्षसम्म वारेन्टीको व्यवस्था, ठूला खालका सामानको होम डेलिभरी र जडानको सुविधा रहेको छ । नयाँ बर्ष सुरु हुन लागेकाले नयाँ योजना पुनः आउँछ । 

Advertisement

Advertisement