बढ्दो प्रदुषणका कारण ‘एअर प्युरिफायर’को माग बढदै

Advertisement

काठमाडौं । बढ्दो प्रदुषणका कारण ‘एअर प्युरिफायर’को माग बढेको चौधरी समूहको सिजी इलेक्ट्रोनिक्सले जनाएको छ । 

मानवीय गतिविधि र प्राकृतिक कारण काठमाडौं उपत्यकामा वायु प्रदुषण बढेको तथ्य सार्वजनिक भएका छन् । सवारी साधनबाट हुने कार्बन उत्सर्जन, सडक मर्मत र निर्माणका कारण फैलिएको धुलो, ईटाभट्टा तथा कारखानाबाट निस्केको धुवा, फोहोर व्यवस्थापन राम्रो नहुँदा र जंगलमा लागेको डढेलो आदि कारणले वायु प्रदुषण बढेर गएको छ । 

Advertisement

प्रदुषण बढेका कारण सर्वसाधारणमा आँखा जलन, सुख्खा खोकी, टाउको दुखाइ जस्ता स्वास्थ्य समस्याहरु देखिएको छ । बढ्दो वायु प्रदुषण र स्वास्थ्य समस्यासँगै काठमाडौंमा ‘एअर प्युरिफायर’को माग बढेको सिजी इलेक्ट्रोनिक्सको भनाई छ । 

बजारमा विभिन्न ब्रान्डका एअर प्युरिफायर उपलब्ध छन् । तर लोकप्रिय भने बहुर्राष्ट्रिय ब्रान्ड एलजीको ३६० डिग्री एअर प्युरिफायर छ । यस ३६० डिग्री प्युरिफिकेसनले चौतर्फी दिशाबाट हावालाई सक्सन गरी रुम एरियाको सबैतिर शुद्धीकरण गर्न सहयोग पुग्ने सो ब्राण्डको भनाई छ । 

एलजीको एयर प्युरिफायरले शक्तिशाली फिल्टरेशन प्रदान गर्ने भन्दै सिजीले हावामा हानीकारक पदार्थ कम गर्ने र शुद्धीकरणले हावामा तैरिरहेको पिएम १.० सम्मका साना कणहरु, भाइरस र किटाणुहरुलाई हटाउने जनाएको छ ।

एलजी प्युरिकेयर ३६० डिग्री एअर प्युरिफायरले ठाउँ सफा र आरामदायी राख्दछ । एरो इस्पेस ग्रेड फ्यान टेक्नोलोजी (नासा)द्धारा निर्मित बोईङ ७४७ मा प्रयोग भएको अत्याधुनिक ‘एरो इस्पेस ग्रेड फ्यान टेक्नोलोजी’को मद्दतले हावाको एअर फ्लो उच्चतम गराई एअर रेसिसटेन्स् र फ्रिक्सन घटाउने जनाइएको छ । 

मल्टिफिल्ट्रेसन सिस्टम (एचईपीए १३) ६ वटा पत्र भएको विभिन्न स्वास्थ्य मापदण्डबाट प्रमाणित सो फिल्टरले घरभित्र भएको ब्याक्टेरिया, भाईरस, धुलो लगायत प्रदुषणलाई ९९.९ प्रतिशत हटाउँदछ । त्यस्तै पीएम १.० सेन्सर को साथै आयोनाइजरले अति सूक्ष्म कणलाई पनि पत्ता लगाई हटाउनुका साथै न्यानो आयोनले फिल्टर गर्न असमर्थ एअरबर्न पार्टीकल्सलाई पनि निस्कृय पार्दछ । 

एलजी थिङक्युको स्मार्ट इन्डिकेटर रियल टाईममा एयरको क्वालिटीको मापन गर्दछ भने एलजी थिङक्युको माध्यमबाट प्युरिफायरलाई वाइफाइ प्रयोग गरी स्मार्टफोनको माध्यमबाट जताबाट पनि चलाउन सकिन्छ । 

यसको ३६० डिग्री डिजाइनको साथ यसले आन्तरिक ठाउँलाई सुन्दर र सबै दिशाबाट प्रदूषणहरु पनि सोस्दछ । सो प्युरिफायरले सफा हावा ७।५ मिटरसम्म पुर्याउँछ । यसले सम्पूर्ण कोठामा सफा बुस्टरको रोटेशनको साथ सफा हावाको वितरण गर्न मद्धत गर्दछ । एलजीको सो एयर प्युरिफायरमा १० वर्षको वारेण्टी पनि रहेको सिजीको भनाई छ । 

Advertisement

Advertisement