कर्जाबापतको किस्ता तिर्न ऋणीलाई सञ्चय कोषको आग्रह, ब्याजसमेत छुट हुने

Advertisement

काठमाडौं । कर्मचारी सञ्चय कोषले धितोमा आधारित कर्जा लिएका सञ्चयकर्तालाई किस्ता नियमित तिर्न आग्रह गरेको छ । 

कोषले विभिन्न शाखा र मितिमा लिएको कर्जाको किस्ता नियमित तिर्न भनेको हो । 

Advertisement

कोषले लगनखेललगायतका अन्य शाखाबाट घर सापटी, शैक्षिक सापटी, घर मर्मत सापटी, सरल कर्जा सापटी जस्ता कर्जा लिएका ऋणीले कोषलाई बुझाउनुपर्ने किस्ताबापतको रकम यही चैत मसान्तसम्म तिर्न आग्रह गरेको छ । 

साथै, नियमित त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्ने ऋणीलाई कोषको नियमानुसार ब्याज छुटसमेत दिने कोषले जनाएको छ । 

कर्जा नियमित नतिरेमा कर्मचारी सञ्चय कोष, सञ्चयकर्ता कर्जा असुली विनियम, २०७९ बमोजिम प्रक्रिया अगाडि बढाइने पनि कोषले जनाएको छ ।

त्यस्तै, केवाईसी अपडेट नभएका सञ्चकर्तालाई शीघ्र नजिकको शाखामा गई अपडेट गर्न पनि कोषले भनेको छ ।  

undefined

Advertisement