उचालियो शेयर बजारः चार अर्ब बढीको कारोबार, तीन फाइनान्समा पोजेटिभ सर्किट

Advertisement

काठमाडौं । शेयर बजारमा करीब दोहोरो अंकको सुधार आएको छ । बजार उचालिएसँगै कारोबार रकम समेत ४ अर्ब नाघेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ९.१९ अंकले बढेको हो । ०.४५ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २०३६.०१ अंकमा पुगेको छ । 

Advertisement

समग्रमा बजार बढे पनि होटल, उत्पादनमूलक र लघुवित्त समूह क्रमशः ०.६८, १.४६ र १.१४ प्रतिशतले घटेका छन् । बाँकी समूहमा हरियाली छाएको छ । वित्त समूह सबैभन्दा बढी २.७९ प्रतिशतले बढेको हो । 

आज ३१५ कम्पनीका ९७ लाख ८९ हजार ४ सय १६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १४ करोड ३७ लाख ८३ हजार ९ सय ८९.११ रुपियाँ बराबरको कारोबार भएको छ । 

तीन कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । जानकी फाइनान्स, नेपाल फाइनान्स र पोखरा फाइनान्सका लगानीकर्ताहरुले क्रमशः १०, ९.९९ र ९.९९ प्रतिशतले नाफा कमाएका छन् । 

त्यस्तै आज सबैभन्दा बढी वीन नेपाल लघुवित्तका लगानीकर्ताहरुले १० प्रतिशतले घाटा व्यहोरेका छन् । 

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १८ करोड ८ लाख १० हजार ९ सय २०.९० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।  

साताको पहिलो दिन आइतबार २२.७५ अंकले बजार बढ्दा  ४ अर्ब २५ करोड ६६ लाख ७६ हजार ३ सय २२.५६ रुपियाँ बराबरको करोबार भएको थियो । हिजो सोमबार भने घोडेजात्राको सार्वजनिक बिदाका कारण शेयर बजार बन्द रहेको थियो ।  
 

Advertisement