प्रभु बैंकद्वारा कागबेनी मन्दिर श्राद्धस्थल व्यबस्थापन समितिलाई क्युआर स्ट्याण्ड हस्तान्तरण

Advertisement

काठमाडौं । प्रभु बैंकद्वारा नगदरहित भुक्तानी प्रणालीका लागि मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–०४, कागबेनीमा अवस्थित कागबेनी मन्दिर श्राद्धस्थल व्यबस्थापन समितिलाई क्युआर स्ट्याण्ड उपलब्ध गराइएको छ । 

बहुचर्चित धार्मिकस्थल कागबेनीमा बिशेषगरी बडादसैँ र चैतेदसैँ अघिको सोह्रश्राद्घ तथा औँसी तिथिमा दिवंगत आफन्तहरुको नाममा पिण्डदान र तर्पणका लागि वर्षेनी नेपाल र भारतबाट करिब ११ हजार जनाभन्दा बढी भक्तजनहरुको यो क्षेत्रमा आवागमन हुने गरेको छ । 

Advertisement

हिमाल पारिको जिल्ला मुस्ताङको विभिन्न गाउँपालिकाहरुमा ७ वटा मात्र शाखा कार्यालय मार्फत सम्पूर्ण बैँकिङ सेवा उपलब्ध गराईरहेको प्रभु बैँक, मुस्ताङ जिल्लाको वित्तीय पहुँचका लागि सारथी बन्ने गरेको मुस्ताङ्गबासीहरु बताउँछन् । 

प्रभु बैंकका नेपालभर ३०१ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर रहेका छन् । 
 

Advertisement