सगरमाथा लुम्बिनी इन्स्योरेन्सको अध्यक्षमा मनोहर दास मुल चयन

Advertisement

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स लिमिटेडको अध्यक्षमा पुनः मनोहर दास मुल चयन भएका छन् । 

आज सम्पन्न २७औं वार्षिक साधारण सभााबाट संस्थापक समूह क तर्फ वैदेशिक लगानीकर्ता सेलिन्को इन्स्योरेन्स पिएलसी श्रीलंकाबाट अजिथ रोह गुणवद्र्धना तथा महोहर दास मुल, लोकमान्य गोल्छा, सिद्धार्थमणि राजभण्डारी सञ्चालकमा चयन भएका थिए । 

Advertisement

त्यस्तै सर्वसाधारण शेयरधनी समूह ख बाट अरुणराज श्रेष्ठ र बिजन भट्टराई निर्विरोध सञ्चालन निर्वाचित भएका थिए । 

सञ्चालक समितिको आजै सम्पन्न बैठकबाट मुल अध्यक्षमा चयन भएको कम्पनी सचिव देवेन्द्र कोइरालाले जनाएका छन् । 
 

Advertisement

Advertisement