शेयर बजारमा गिरावट, तीन अर्ब ४८ करोडको कारोबार

Advertisement

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से तल झरेसँगै कारोबार रकम पनि साढे ३ अर्ब पनि पुग्न सकेन । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १०.७१ अंकले तल झरेको हो । ०.५२ प्रतिशतले बजार घट्दा नेप्से २०२५.३० अंकमा ओर्लिएको छ । 

Advertisement

आज उत्पादनमूलक समूह ०.१३ प्रतिशतले बढ्दा बाँकी समूह राताम्मे भए । वित्त समूह सबैभन्दा बढी २.५० प्रतिशतले घटेको हो । 

३०८ कम्पनीका ८६ लाख ९६ हजार ९ सय १८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४८ करोड ५६ लाख ६० हजार ६ सय ४०.३२ रुपियाँ बराबरको कारोबार भएको छ । 

आज मान्डु हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.६९ प्रतिशतले नाफा कमाएका छन् । त्यस्तै सिंगटी हाइड्रो र वीन नेपाल लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी क्रमशः १० र ९.९३ प्रतिशतले घाटा व्यहोरेका छन् । 

हिमालयन रि इन्स्योरेन्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १२ करोड ५४ लाख ८८ हजार १३.२० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन आइतबार २२.७५ अंकले बजार बढ्दा  ४ अर्ब २५ करोड ६६ लाख ७६ हजार ३ सय २२.५६ रुपियाँ र हिजो मंगलबार ९.१९ अंकले बजार बढ्दा ४ अर्ब १४ करोड ३७ लाख ८३ हजार ९ सय ८९.११ रुपियाँ बराबरको करोबार भएको थियो । सोमबार भने घोडेजात्राको सार्वजनिक बिदाका कारण शेयर बजार बन्द रहेको थियो । त्यस्तै भोलि बिहीबार इदको सार्वजनिक बिदाका कारण शेयर बजार बन्द रहने छ ।   
 

Advertisement