आज शेयरबजारसहित यी संस्था बन्द, अर्को कारोबार कहिले ?

Advertisement

काठमाडौं । आज सार्वजनिक बिदा । इस्लाम धर्मावलम्बीको पर्व ईद–उल–फित्र–ईदका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । 

यस दिन शेयर बजार, सरकारी कार्यालयलगायत बैंक तथा वित्तीय संस्था खुल्ने छैनन् । 

Advertisement

शुक्रबार (भोलि) बैंक तथा वित्तीय संस्था नियमित समयमै खुल्नेछन् । 

तर, शेयर बजार भने हप्तामा दुइ दिन अर्थात शुक्रबार र शनिबार बन्द रहनेछ । शनिबार नयाँ वर्ष परेको छ ।

अतः शेयर बजारकाे अबको काराेबार भनेकाे २०८१ वैशाख २ गते आइतबार मात्रै खुल्नेछ । 

Advertisement