अरुण भ्याली हाइड्रोपावरको हकप्रद शेयर बाँडफाँट

Advertisement

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले फागुन १७ गतेदेखि चैत्र ७ गतेसम्म निष्कासन गरेको हकप्रद शेयर बाँडफाँट गरेको हो । 

कम्पनीले माघ १४ गतेसम्म कायम शेयरधनीका लागि १ः१ अनुपातमा प्रतिशेयर १०० रुपियाँ अंकित दरका एक करोड ८६ लाख ७९ हजार ६२६ कित्ता शेयर निष्कासन गरेको थियो ।

Advertisement

निष्कासित हकप्रदमा रीतपूर्वक आवेदन दिने ३३ हजार ७१४ जना शेयरधनीलाई एक करोड ६६ लाख ८७ हजार ४९२ कित्ता शेयर बाँडफाँट गरिएको छ । शेयर बाँडफाँट चैत्र २७ गते निष्कासनकर्ता कम्पनीको सञ्चालक समितिले गरेको हो ।

साथै, आफ्नो कायम हकभन्दा बढी शेयर माग गरी दरखास्त दिने आवेदकहरूको हकमा बाँडफाँटमा नपरेको शेयरबापतको रकम चैत्र ३० गते शुक्रबारदेखि आईपीएसमार्फत सम्बन्धित आवेदकको बैंक खातामा पठाइने कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement