मनकामना दर्शन प्रालि नेपाल उद्योग वाणिज्य महासंघद्वारा  सम्मानित

Advertisement

काठमाडौं । नेपालको पहिलो केबलकार  सेवा सञ्चालक कम्पनी मनकामना दर्शन प्रालि आर्थिक बर्ष २०७८–२०७९ मा पर्यटन क्षेत्रबाट सबैभन्दा बढि कर तिर्ने कम्पनीको रुपमा सम्मानित भएको छ । 

नेपाल उद्योग वाणिज्य महासंघको ५८ औ वार्षिक साधारण सभा तथा उद्योग वाणिज्य दिवस २०८० को अवसरमा कम्पनी सम्मानित भएको हो  । प्रधानमन्त्री पुष्पकमल दाहालले कम्पनीकी सेल्स तथा मार्केटिङ्  डाइरेक्टर यशु क्षेष्ठलाई कदर पत्रसहित सम्मान गरेका हुन् ।

Advertisement

गत वर्ष पनि सोही विधामा सबैभन्दा बढि कर तिर्ने कम्पनीको रुपमा सम्मानित यस कम्पनीले २५ वर्षदेखि चितवनको कुरिनटारदेखि गोरखाको मनकामना मन्दिरसम्म केबुलकार सेवा सञ्चालन गरिरहेको र मनकामनाको मन्दिरलाई मात्रै नभएर चितवनको इच्छाकामना एवम् गोरखाको सहिद लखन गाउँपालिकालाई नै पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्न अतुलनीय योगदान पुर्याईरहेको जनाएको छ ।

Advertisement

Advertisement