हुरीले त्रिभुवन विमानस्थलमा हवाई उडान प्रभावित, केही आकाशमै ‘होल्ड’, केही ‘डाइभर्ट’

Advertisement

काठमाडौँ । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । अपरान्ह एक्कासी आएको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र दुवै उडान प्रभावित भएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए । 

उनका अनुसार आन्तरिक उडानका जहाज ‘डाइभर्ट’ भएका छन् भने अन्तर्राष्ट्रियतर्फ केही जहाज आकाशमा फन्को लगाउने ‘होल्ड’ हुनका साथै केही जहाज विभिन्न गन्तव्यमा डाइभर्ट भएका छन् । 

Advertisement

नेपालगञ्जबाट काठमाडौँ आउदै गरेको बुद्ध एयरको जहाज भैरहवा फर्किएको थियो भने सिमराबाट काठमाडौँ आइरहेको सोही कम्पनीको जहाज सिमरा नै डाइभर्ट भएको छ । काठमाडौँबाट पोखरा जान लागेको यती एयरलाइन्सको जहाज काठमाडौँ नै फर्किएको छ ।

Advertisement

Advertisement