वर्षको अन्तिम दिन चारवटा संस्थाको साधारणसभा बस्दै, शेयरधनीलाई छैन लाभांश

Advertisement

काठमाडौं । आज चैत ३० गते अर्थात् २०८० को अन्तिम दिन । यस दिन चारवटा संस्थाको साधारणसभा बस्दै छ । 

आरम्भ चौतारी लघुवित्तको साधारणसभा बनेपा पार्टी भेन्यु, बनेपा–८, काभ्रेपलाञ्चोकमा बिहान ११ बजे सुरु हुनेछ । यस लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ । 

Advertisement

सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । साथै, अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । 

त्यसैगरी, जनउत्थान सामुदायिक लघुवित्तको साधारणसभा होटल न्यू ईरा, बुटवल उप–नगरपालिका–०९, कालिकापथ, रुपन्देहीमा बस्दैछ । सभा बिहान ११ बजेदेखि सुरु हुँदैछ । 

सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । सभामा संस्थापक सेयरधनीको तर्फबाट तीन र सर्वसाधारण सेयरधनीको तर्फबटा प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा छ

त्यस्तै, मानुषी लघुवित्त वित्तीय संस्थाको साधारणसभा पनि आजै बस्दै छ । सभा होटल, उग्रचण्डी बनेपा नगरपालिका ७ काभ्रेपलान्चोकमा बिहान बिहान १०.३० बजेबाट सुरु हुँदैछ । 

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ । 

यता, पिपुल्स हाइड्रो पावर कम्पनीको साधारणसभा बिहान ११ बजेबाट सुरु हुँदैछ । सभा क्वालिटी बैंक्वेट, बुद्धनगर काठमाडौंमा बस्नेछ । 

सभामा कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने मुख्य एजेन्डा पेस हुनेछ । त्यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणमा छलफल गरी पारित गर्नेछ । 

सभामा संस्थापक सेयरधनीको तर्फबाट पाँच जना सञ्चालकहरुको निर्वाचन तथा आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ । 

Advertisement

Advertisement