मङ्गोलियामा शक्तिशाली धुलोको आँधी

Advertisement

एजेन्सी । बलियो बतास र भारी धुलोको आँधीले मंगोलियाका केही भागहरुमा जनजीवन प्रभावित बनेको छ । देशको राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले यसबारेमा जानकारी गराएको हो । 

नेमाले हावाहुरी र धुलोको आँधी मध्य मंगोलिया लगायत राष्ट्रिय राजधानी उलान बातोर, अर्खांगाई र उभरखानगाई प्रान्तहरू र उम्नुगोवी, डुन्डगोवी र दोर्नोगोभीको दक्षिणी गोबी प्रान्तहरूमा २६ मिटर प्रतिसेकेण्डको हावाको गतिमा चलिरहेको बताएको छ । 

Advertisement

प्रतिकुल मौसम सप्ताहन्तमा जारी रहने अपेक्षा गरिएको छ । जनतालाई, विशेष गरी घुमन्ते गोठालाहरू र चालकहरूलाई सम्भावित प्रकोपहरू बिरुद्ध थप सावधानी अपनाउन आग्रह गरेको छ । सिन्ह्वा–नान

Advertisement

Advertisement