सत्र वर्षीय निमा रिन्जीले गरे बिना अक्सिजन अन्नपूर्ण-१ को सफल आरोहण

Advertisement

काठमाडौं । सत्र वर्षीय निमा रिन्जी शेर्पाले बिना अक्सिजन अन्नपूर्ण–१ हिमालको सफल आरोहण गरेका छन् । 

उनले अप्रिल १२ तारिखका दिन दिउँसोको १२ बजे तिर अन्नपूर्ण–१ हिमालको सफल आरोहण गरेको सेभेन समिट ट्रेक्स कम्पनीले जनाएको छ । उनले अन्नपूर्ण–१ को सफल आरोहणसँगै विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरु मध्ये ११ वटा हिमालहरुको सफलतापूर्वक आरोहण गर्न सफल भएका छन् । शेर्पाले उनको गाइड पासाङ नुबु शेर्पासँग अन्नपूर्ण–१ हिमालको बिना अक्सिजन आरोहण गरेका हुन् । 

Advertisement

सेभेन समिट ट्रेक्स कम्पनीका निर्देशक छाङ दावा शेर्पाको नेतृत्वमा पासाङ नुबु शेर्पा, निमा टासी शेर्पा र मिङ टेम्बा शेर्पाले यस वसन्त ऋतृको हिमाल आरोहणको लागि बाटो खोलेका हुन् । यसअघि १७ वर्षको उमेरमा निमा रिन्जी शेर्पाले केटु हिमालको सफल आरोहण गरी विश्वमै केटु आरोहण गर्ने सबैभन्दा कान्छो आरोही बनेका उनले विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरु आरोहण गर्ने योजनामा छन् । अब तीन वटा मात्र हिमाल आरोहण गर्न बाँकी रहेको छ ।

विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गरी शेर्पा विश्वमै सबैभन्दा कान्छो आरोही बन्ने होडमा छन् । अब शेर्पाले शिशापाङ्मा हिमाल, कञ्चनजङ्घा र मकालु हिमालको आरोहण योजना रहेको सेभेन समिट ट्रेक्स कम्पनीले जनाएको छ । 

त्यस्तै, सेभेन समिट ट्रेक्स कम्पनीका निर्देशक छाङ दावा शेर्पाका यसअघि नै विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमाल गरिसकेका छन् ।

Advertisement

Advertisement