वालेट कम्पनीको सहायताले वानएक्स बेटिङमार्फत ‘अनलाइन बेटिङ’ गराउनेहरु फेरि पक्राउ

Advertisement

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वानएक्स बेटिङ एपमार्फत सट्टेबाजी खेलाएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सर्लाहीको मलंगवा नगरपालिका–९ का ३१ वर्षीय सञ्जयकुमार साह, सोही ठाउँका १९ वर्षीय रामजी साह र मलंगवा–१० का ३० वर्षीय राकेश चौधरी छन् । वानएक्स बेटिङमार्फत जुवा खेलाएको आरोपमा यसअघि पनि प्रहरीले सम्वद्ध व्यक्तिहरुलाई पक्राउ गरेको थियो । 

Advertisement

ई–सेवा जस्ता वालेट कम्पनीको सहायताले वानएक्स बेटिङले अनलाइन बेटिङ गराउने र अवैध कारोबार गर्ने गर्दै आएको छ । अहिले पक्राउ परेकाहरुले अहिलेसम्म ५७ करोड ४१ लाख ५७ हजार १४७ कारोबार गरेको देखिएको छ । उनीहरुबाट २१ वटा मोबाइल बरामद भएको छ भने ९८ वटा बैंक खाता खोलेर कनेक्ट आईपीएसमा कनेक्ट गरी कारोबार गरेको देखिएको छ ।

सट्टेबाजी खेलाउनुका साथै क्रिप्टो करेन्सीको समेत कारोबार गरेको देखिएको यो समूहविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर अन्तर्गत दफा १२५ को जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा अनुसन्धान अघि बढाइएको कार्यालयको भनाई छ ।

Advertisement

Advertisement