आजको मौसम : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

Advertisement

काठमाडौं । नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशिक प्रभाव रहेको छ । सोही कारण लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायतका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । त्यस्तै, बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

Advertisement

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै र बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यसैगरी राति सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने विभागको भनाइ छ । 

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा भने हल्का वर्षाको सम्भावना छ । गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

Advertisement

Advertisement