अरुण भ्यालीको अवितरित हकप्रद शेयर लिलामीमा

Advertisement

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर लिमिटेडले अवितरित हकप्रद शेयर लिलाम बिक्रीमा ल्याएको छ । कम्पनीले १ः१ को अनुपातमा बिक्री खुला गरेको शेयरमा पूर्ण आवेदन नपरेपछि बाँकी रहेको १९ लाख ९२ हजार १३४ कित्ता शेयर गोप्य शिलबन्दी बोलपत्रद्वारा बिक्रीमा ल्याएको हो ।

कम्पनीले उक्त शेयर वैशाख १० गतेदेखि २४ गतेसम्म बिक्री खुल्ला गर्ने जनाएको छ । यस शेयरमा जोकोही व्यक्ति, कम्पनी या संघसंस्थाले आवेदन दिन पाउनेछन् । 

Advertisement

न्यूनतम १०० रुपियाँ प्रतिकित्ता तोकिएको शेयर मूल्यमा खरिदकर्ताले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी आवेदन दिनुपर्नेछ ।

बोलकबोल गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सबै कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ । 

आवेदन बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, मुक्तीनाथ विकास बैंकका तोकिएका शाखा ठिमी, कुमारीपाटी, विर्तामोड, विराटनगर, धरान, वीरगंज, जनकपुर, हेटौंडा, नारायणगढ, चिप्लेढुंगा, बागलुङ, बुटवल, घोराही, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखाबाट दिन सकिने कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement