कुमारी बैंकको साढे चार लाख कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

Advertisement

काठमाडौं । कुमारी बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । 

बैंकले संस्थापक समूहको स्वामित्वमा रहेको चार लाख ५० कित्ता संस्थापक शेयर आजदेखि बिक्रीमा ल्याएको हो । 

Advertisement

प्रतिकित्तान्यूनतम १०६ रुपियाँ तोकिएको सो शेयर खरिदका लागि जोकोही व्यक्ति, कम्पनी वा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।

न्यूनतम १० हजार कित्ता र अधिकतम सबै कित्ताका लागि बोलपत्र आवेदन पेस गर्न सकिनेछ ।

इच्छुक लगानीकर्ताले काठमाडौं नक्सालमा रहेको कुमारी क्यापिटलमा आइपुग्ने गरी आवेदन दिनुपर्नेछ ।

आवेदन वैशाख ११ गतेसम्म दिन सकिने बैंकले जनाएको छ । छ ।

Advertisement