यी हुन् २०८० मा सञ्चालनमा आएका ऊर्जा परियोजना, प्रणालीमा थपियो ५५१ मेगावाट

Advertisement

काठमाडौं । गत वर्ष २०८० मा ५५१ मेगावाट जडित क्षमताका ऊर्जा परियोजना सञ्चालनमा आएका छन् । व्यवसायीक र परीक्षण गरेर २२ भन्दा बढी परियोजनाले २०८० मा विद्युत् उत्पादन सुरु गरेका हन् । 

नेपाल विद्युत् प्राधिकरणका अनुसार २०८० मा थपिएकासहित नेपालको विद्युतको जडित क्षमता तीन हजार १४५ मेगावाट पुगेको छ । 

Advertisement

गत आवमा सञ्चालनमा आउनेमा सबैभन्दा ठुलो परियोजना लिखु–१ जलविद्युत् आयोजना छ । उक्त आयोजनाको जडित क्षमता ७७ मेगावाट छ । कुल ७३ मेगावाटको मध्य तमोर, ७१ मेगावाटको निलगिरी खोला २, ५४ मेगावाटको सुपर दोर्दी र ५२ मेगावाटको लिखु–२ जलविद्युत् परियोजना सञ्चालनमा आएका छन् । 

यीबाहेक कम क्षमताका अन्य परियोजना पनि सञ्चालनमा आएका छन् ।

वर्ष २०८१ मा भने झण्डै एक हजार मेगावाट क्षमताका परियोजना सञ्चालनमा आउने अनुमान छ । यो बर्ष ११२ मेगावाटको रसुवागढी, ५७ मेगावाटको सोन्जेन (माथिल्लो र तल्लो), १०२ मेगावाटको भोटेकोशी लगायतका परियोजना यो बर्ष सञ्चालनमा आउनेछन् । यी प्राधिकरणले बनाएका आयोजना हुन् । 

निजी क्षेत्रबाट निर्माणधिन परियोजना पनि सञ्चालनमा आउने छन् । त्यसमा ७३.५ मेगावाटको मध्ये मेवा, ४०.२७ मेगावाटको सुपर न्यादी, २१ मेगावाटको आय मलुन लगायतका निजी क्षेत्रका परियोजना यो बर्ष सञ्चालनमा आउने छन् । यो बाहेक ३० मेगावाटको खानी खोला जलविद्युत् पनि यो बर्ष सञ्चालनमा आउने अनुमान गरिएको छ । 

null

Advertisement

Advertisement