कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना हुँदा यी तीन प्रदेशमा हावाहुरी चल्ने
प्रतीकात्मक तस्बिर ।

Advertisement

काठमाडौं । अहिले देशभरका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

विभागका अनुसार आज दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

Advertisement

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा भने एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । 

त्यसैगरी, उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको विभागले जनाएको छ । त्यस्तै, विभागले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायतका पहाडी भू–भागमा हावाहुरीको सम्भावना रहेको बताएको छ ।

राति भने देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।

हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशिक प्रभाव रहेको छ ।

Advertisement

Advertisement