कुमारी बैंकको १० लाख कित्ता संस्थापक शेयर बिक्रीमा

Advertisement

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्री खुला गरेको छ ।

बैंकले शेयरधनी विरेन्द्रकुमार साहको नाममा रहेको १० लाख कित्ता शेयरको बिक्री खुला गरेको हो । 

Advertisement

यो शेयर खरिदका लागि हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । उक्त शेयरको मूल्य भने बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ ।

इच्छुक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र बैंकको शेयर रजिस्ट्रार, कुमारी क्यापिटल लिमिटेड, नक्साल–काठमाडौं वा बैंकको प्रधान कार्यालय, टंगाल–काठमाडौंमा आवेदन दिनुपर्नेछ ।

साथै, तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेको खण्डमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बताइएको छ । 

Advertisement

Advertisement