एसीसी प्रिमियर लिग : नेपालको भिडन्त साउदी अरेबियासँग

Advertisement

काठमाडौं । नेपाल आज साउदी अरेबियाविरुद्ध खेल्दैछ । 

एसीसी प्रिमियर लिगअन्तर्गत नेपाल आज समूह चरणको अन्तिम खेल खेल्न लागेको हो । खेल ११ ः ४५ बजे सुरु हुनेछ ।  

Advertisement

समूह चरणको अन्तिम खेलअगावै नेपाल सेमिफाइनलमा प्रवेश गरिसकेको छ । सोमबार समूह चरणको आफ्नो तेस्रो खेलमा हङकङविरुद्ध आठ विकेटको सहज जित निकालेसँगै नेपालले अन्तिम खेलअगावै अन्तिम–४ को यात्रा तय गरेको हो ।

शनिबार कतारविरुद्ध ३२ रनको जित निकालेको नेपालले त्यसअघिको खेलमा मलेसियालाई पाँच विकेटले हराएको थियो ।

लगातार तेस्रो जित निकालेको नेपाल ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । 

Advertisement

Advertisement