रोयल इन्फिल्ड मर्मत सम्बन्धी बालकुमारीमा खुल्यो ट्रेनिङ सेन्टर

Advertisement

काठमाडौं । रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक त्रिवेणी ग्रुप अन्तरगतको अल्फा अटोमोटिभले आज बालकुमारीमा ट्रेनिङ सेन्टर सञ्चालनमा ल्याएको छ । 

रोयल इन्फिल्डका मोटरसाइकलको मर्मतका लागि तालिम दिइने उक्त सेन्टर उद्घाटनका अवसरमा रोयल इन्फिल्ड भारतका प्रतिनिधिहरुको उपस्थिति थियो । 

Advertisement

कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक हर्ष सांघाईले उक्त सेन्टरबाट रोयल इन्फिल्डका सबै टेक्निसियन र इञ्जिनियरहरुलाई तालिम प्रदान गरिने बताए । साथै फ्रिलान्सर टेक्निसियनलाई पनि तालिम प्रदान गरिने बताए । 
 

Advertisement