नौ महिनामा पाँच लाख ३९ हजार नेपाली वैदेशिक रोजगारीका लागि मात्रै बाहिरिए

Advertisement

काठमाडौं । चालु आर्थिक बर्ष २०८०–८१ को पहिलो नौ महिनामा पाँच लाख ३९ हजार ६८ नेपाली बैदेशिक रोजगारमा गएका छन् । बैदेशिक रोजगार विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्यांकअनुसार यो गर्त बर्षको सोही अवधिभन्दा ११.०१ प्रतिशत कम हो । 

गत आवको सोही अवधीमा छ लाख पाँच हजार ७९८ नेपाली बैदेशिक रोजगारमा गएका थिए । नयाँ श्रम स्वीकृत र पुनः श्रम स्वीकृत गरेर सो बराबरका नेपाली कामदार बैदेशिक रोजगारमा गएका हुन् । अध्ययन र स्थायी बसोबासका लागि बाहिरिने नेपालीको तथ्यांक त्यत्तिकै ठूलो छ । 

Advertisement

गत आर्थिक बर्षभरमा सात लाख ७४ हजार ९७६ नेपाली वैदेशिक रोजगारीका लागि गएका थिए, जुन बार्षिक रुपमा हालसम्मकै उच्च संख्या हो ।
तथ्यांकअनुसार गएको चैत महिनामा मात्रै ७० हजार ९३३ जना नेपाली बैदेशिक रोजगारमा गएका छन् जुन चालु आवको मासिक रुपमा भन्दा धेरै संख्या हो ।

तथ्यांकअनुसार गएको साउनमा ५५ हजार ५७५, भदौमा ५० हजार ८८४, असोजमा ५६ हजार २३५ र कात्तिकमा ४३ हजार ६२२, मंसिरमा ६८ हजार २०१, पुसमा ६५ हजार ८१३, माघमा ६२ हजार १४७ र फागुनमा ६५ हजार ६८५ जना नेपाली बैदेशिक रोजगारमा गएका छन् ।

आर्थिक मन्दी, देशको विषम राजनीतिका कारण जनतामा छाएको निराशा र वितृष्णा, देशमा उद्योगधन्दाको विकास र रोजगारीका अवसरहरु सिर्जना हुन नसक्दा युवा पलायन तीब्र भएको छ ।  कोरोना महामारीका क्रममा वैदेशिक रोजगारीमा जानेको संख्या कम भए पनि त्यसपछि भने तीब्ररुपमा बढेको छ ।

Advertisement