नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफा ८ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

Advertisement

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफा ८ प्रतिशतले बढेको छ । बैंकले प्रकाशित गरेको चालू आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकले ३ अर्ब २७ करोड ५२ लाख रुपियाँ कमाएको छ ।  गत वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ४ करोड ६१ लाख रुपियाँ खुद नाफा गरेको थियो ।

त्यस्तै, चैत मसान्तसम्म बैंकले ११ अर्ब ३ करोड रुपियाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ७ अर्ब ७९ करोड रुपियाँ थियो । चालू आवको चैत मसान्तसम्म बैंकको कुल सञ्चालन आम्दानी १३ अर्ब १ करोड रुपियाँ र सञ्चालन नाफा ५ अर्ब ४० करोड रुपियाँ छ ।

Advertisement


साथै, समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड रुपियाँ र जगेडा कोष २९ अर्ब ८४ करोड रुपियाँ रहेको छ । यो अवधिमा बैंकले ४ खर्ब ३ अर्ब निक्षेप संकलन गरी ३ खर्ब १२ अर्ब रुपियाँ कर्जा लगानी गरेको छ ।

तेस्रो त्रैमाससम्म बैंकको प्रतिशेयर आम्दानी १२.८० रुपियाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १२.२१ गुणा र प्रतिशेयर नेटवर्थ १७२.५७ रुपियाँ रहेको छ ।

यस अवधिमा बैंकको खरा कर्जा बढेर ४।६६ प्रतिशत पुगेको छ । गत वर्षको चैतमा ३।९४ प्रतिशत खराब कर्जा थियो । साथै, बैंकको वितरणयोग्य नाफा ५ अर्ब ८ करोड रुपैयाँ ऋणात्मक छ ।

Advertisement