सानिमा बैंकले कमायो १ अर्ब ४३ करोड नाफा, यस्ता छन् वित्तीय सूचक

Advertisement

काठमाडौं । सानिमा बैंकले नौ महिनामा १ अर्ब ४३ करोड रुपियाँ खुद नाफा आर्जन गरेको छ ।  

बैंकले आज तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गर्दै नाफा बढेको उल्लेख गरेको हो । गत आवको समीक्षा अवधिमा १ अर्ब ७१ करोड नाफा कमाएको थियो । 

Advertisement

बैंकको वितरणयोग्य नाफा ७५ करोड ६८ लाख २२ हजार रुपियाँ छ । पैयाँ रहेको छ ।

वित्तीय विवरण अनुसार समीक्षा अवधिमा बैंकले ४ अर्ब ५८ करोड रुपियाँ खुद ब्याज आम्दानी गरेको छ । त्यस्तै बैंकको कूल सञ्चालन आम्दानी ५ अर्ब ९४ करोड रुपियाँ हुँदा सञ्चालन नाफा २ अर्ब ६ करोड छ ।

बैंकको प्रतिशेयर आम्दानी १४.२७ रुपियाँ, मूल्य आम्दानी अनुपात १६.६७ गुणा र प्रतिशेयर नेटवर्थ १४७.२४ रुपियाँ छ । खराब कर्जा घटाएर १.८९ प्रतिशतमा झारेको वित्तीय विवरणमा उल्लेख छ । छ ।

बैंकको हाल कायम चुक्ता पूँजी १३ अर्ब ५८ करोड छ भने  जगेडा कोष ५ अर्ब ६५ करोड छ । नो महिनामा बैंकले १ खर्ब ८६ अर्ब रुपियाँ निक्षेप संकलन गरी १ खर्ब ६० अर्ब कर्जा लगानी गरेको छ ।

Advertisement