नबिल बैंकको नाफा चार अर्ब ६६ करोड, एनपीएल कति ?

Advertisement

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नबिल बैंकले ४ अर्ब ६६ करोड ८० लाख रुपियाँ खुद नाफा कमाएको छ । गत वर्ष बैंकले ५ अर्ब ११ करोड ६१ लाख रुपियाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिको नाफा गत आवको तुलनामा ८.७६ प्रतिशतले कम हो । 

तेस्रो त्रैमाससम्म बैंकको सञ्चालन नाफा भने १०.७२ प्रतिशतले घटेर ६ अर्ब ६८ करोड रुपियाँ कायम भएको छ । त्यस्तै, एनपिएल (खराब कर्जा) १.९८ प्रतिशत विन्दुबाट घटेर १.२७ प्रतिशत कायम भएको छ । 

Advertisement

चालू आवको ९ महिनामा बैंकको इम्पेयरमेन्ट चार्ज भने घटेको छ । गत आवको सोही अवधिमा ३ अर्ब ३३ करोड रहेको यस्तो चार्ज अहिले ३ अर्ब २३ करोडमा झरेको छ । 

२७ अर्ब ५ करोड ६९ लाख रुपियाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २७ अर्ब ७८ करोड रुपियाँ सञ्चित छ । समीक्षा अवधिमा बैंकको प्रतिशेण्यर आम्दानी २३.२४ रुपियाँ र प्रतिशेयर नेटवर्थ भने २०८.३९ रुपियाँ छ ।

Advertisement