एभरेष्ट बैंकले बढायो खुद नाफा, प्रतिशेयर आम्दानी कति ?

Advertisement

काठमाडौँ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म एभरेष्ट बैंकको खुद नाफा बढेको छ । बैंकले यो अवधिमा २ अर्ब ६० करोड ८४ लाख ६४ हजार रुपियाँ नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको तुलनामा ५.७७ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकले २ अर्ब ४६ करोड ६० लाख ६४ हजार रुपियाँ नाफा गरेको थियो ।

त्यस्तै, समीक्षा अवधिमा खुद ब्याज आम्दानी ०.८२ प्रतिशतले बढेर ५ अर्ब ६३ करोड ३० लाख ६४ हजार रुपियाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो आम्दानी ५ अर्ब ५८ करोड ७२ लाख ४८ हजार रुपियाँ थियो ।

Advertisement

त्यस्तै, गत आवको ९ महिना अर्थात् चैत मसान्तसम्म ३ अर्ब ५२ करोड २९ लाख रुपियाँ रहेको बैंकको सञ्चालन नाफा बढेर समीक्षा अवधिमा ३ अर्ब ७२ करोड ६३ लाख रुपियाँ पुगेको छ ।

चालू आवको चैतसम्म कम्पनीको चुक्ता पुँजी ११ अर्ब ७६ करोड ७९ लाख रुपियाँ छ भने जगेडा कोषमा ११ अर्ब ९२ करोड ३२ लाख रुपियाँ सञ्चित छ ।

त्यस्तै, समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा भने घटेको छ । गत आवको सोही अवधिमा यस्तो नाफा ३ अर्ब २६ करोड रुपियाँ रहेकामा चैत मसान्तसम्म आइपुग्दा २ अर्ब ७५ करोड ११ लाख रुपियाँ पुगेको छ । 

त्यसैगरी, खराब कर्जा ०.७० प्रतिशत छ, जुन गत आवको चैत मसान्तमा पनि सोही थियो । 

तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी २९.५५ रुपियाँ र प्रतिशेयर नेटवर्थ २२६.७३ रुपियाँ छ । 

Advertisement