अरुण भ्यालीको हकप्रद शेयर लिलामीमा आजदेखि आवेदन दिन सकिने

Advertisement

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर लिमिटेडले अवितरित हकप्रद शेयर आज (वैशाख १० गते) देखि लिलाम बिक्रीमा ल्याएको छ । 

यसअघि कम्पनीले १ बराबर १ को अनुपातमा बिक्री खुला गरेको थियो । तर, उक्त शेयरमा पूर्ण आवेदन नपरेपछि बाँकी रहेको १९ लाख ९२ हजार १३४ कित्ता शेयर गोप्य शिलबन्दी बोलपत्रद्वारा बिक्रीमा ल्याएको कम्पनीले जनाएको छ । 

Advertisement

यस शेयरमा जोकोही व्यक्ति या संघसंस्थाले आवेदन दिन सक्नेछन् । 

प्रतिकित्ता न्यूनतम १०० रुपियाँ तोकिएको यस शेयरमा खरिदकर्ताले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी आवेदन दिनुपर्नेछ । बोलकबोल गर्दा न्यूनतम १०० कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

आवेदन बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, मुक्तीनाथ विकास बैंकका तोकिएका शाखा ठिमी, कुमारीपाटी, बिर्तामोड, विराटनगर, धरान, वीरगन्ज, जनकपुर, हेटौंडा, नारायणगढ, चिप्लेढुंगा, बागलुङ, बुटवल, घोराही, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखाबाट दिन सकिनेछ । 

यस शेयरमा वैशाख २४ गतेसम्म आवेदन दिन सकिनेछ । 

Advertisement