फेवातालमा डुंगा दुर्घटना, पाँच जनाको सकुशल उद्धार

Advertisement

कास्की । फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटनामा परेका पाँच जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

अचानक आएको हावाहुरीका कारण डबल प्याडल बोटमा बोटिङ गरिरहेका काठमाडौँ महानगरपालिका–२९ अनामनगर बस्ने ३० वर्षीय विक्रम मिकारानी, २६ वर्षीया आशिफा भानु, ५४ वर्षीया अनैजा दिल शाह, ८ वर्षीया रजिना खातुन र करिब डेढ वर्षीया मिरा रानी फेवातालनजिकै रहेको माछा पालन केन्द्रको जालमा अड्किएका थिए ।

Advertisement

दुर्घटनालगत्तै कालिका गण कास्कीबाट फेवाताल रेस्क्यु वाच टावरमा खटिएको विपद् व्यवस्थापनसहितको टोलीले उनीहरुको तत्कालै सकुशल उद्धार गरेको हो । 

दुर्घटनामा परेकाहरुको अवस्था भने सामान्य रहेको छ ।

यसअघि चैत्र २९ र २५ गते पनि फेवातालमा अचानक आएको हावाहुरीका कारण डुंगा पल्टिएको थियो । 

सो दुर्घटनामा परेका एक पुरुष र महिलाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको थियो ।
 

Advertisement