सार्वजनिक स्वास्थ्य संस्था सबल भए मात्रै जनताले सर्वसुलभ स्वास्थ्योपचार पाउँछन् : प्रधानमन्त्री

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सार्वजनिक स्वास्थ्य संस्था सबल र सुदृढ भए मात्रै आम नेपालीले सर्वसुलभ स्वास्थ्योपचार पाउने बताएका छन् । बुधवार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई ललितपुरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

त्यस्तै, प्रधानमन्त्री दाहालले देश भित्रका सबै चिकित्सा तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुको व्यवस्थापन, सञ्चालन र नियमनका लागि चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा रहेको दोहोरोपन हटाउन एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न आवश्यक रहेको बताए । उनले सबै नागरिकलाई आधारभूत तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सबै स्वास्थ्य संस्था, सामुदायिक अस्पताल एवं सहकारी अस्पतालहरूको क्षमता विकासमा पनि ध्यान दिन आवश्यक रहेको बताए । 

Advertisement

नेपाललाई मेडिकल शिक्षाको हबका रुपमा विकास गर्नेतर्फ सरकारले आवश्यक तयारी गरिरहेको उल्लेख गर्दै स्वास्थ्य शिक्षालाई केबल सैद्धान्तिक शिक्षाको रुपमा मात्र नभई व्यावहारिक र मानवीय मूल्य मान्यता एवं संवेदनासहितलाई ध्यानमा राख्न जरुरी रहेको स्पष्ट पारे । 

स्वास्थ्य क्षेत्रमा दिनप्रतिदिन नयाँनयाँ चुनौती देखापरिरहेको, नेपालको अधिकांश भूभाग ग्रामीण क्षेत्र रहेको र ग्रामीण क्षेत्रमा स्तरीय स्वास्थ्योपचारका लागि दक्ष सामजिक उत्तरदायित्वको भावनाबाट प्रेरित चिकित्सक उत्पादन गर्ने र स्वास्थ्य सेवाको पहुँच ग्रामीण स्तरसम्म बिस्तार गर्दै जानुपर्ने आवश्यकता औंल्याए । 

‘देशभित्रका सबै चिकित्सा तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुको व्यवस्थापन, सञ्चालन र नियमनका लागि चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा रहेको दोहोरोपन हटाउन, एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न आवश्यक छ,’ उनले भने, ‘सबै नागरिकलाई आधारभूत तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सबै स्वास्थ्य संस्था, सामुदायिक अस्पताल एवं सहकारी अस्पतालहरूको क्षमता विकासमा पनि त्यत्तिकै ध्यान दिन आवश्यक छ । स्वास्थ्य शिक्षालाई केबल सैद्धान्तिक शिक्षाको रुपमा मात्र नभई व्यावहारिक र मानवीय मूल्य मान्यता एवं संवेदनासहितलाई ध्यानमा राखी प्रतिष्ठानले आगामी दिनमा अझ अग्रगामी र दूरदर्शिता स्थापित गर्नेछ ।’

प्रधानमन्त्री दाहालले सार्वजनिक स्वास्थ्य संस्था सबल र सुदृढ भए मात्रै आम नेपालीले सर्वसुलभ स्वास्थ्योपचार पाउने बताए । सरकारले सबै सार्वजनिक अस्पतालको क्षमता विकासलाई उच्च प्राथमिकतामा राखेको पनि स्पष्ट पारे । 

Advertisement