सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारीसहितका कर्मचारीविरुद्ध अर्को मुद्दा दायर

Advertisement

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहितका अधिकारीहरुविरुद्ध आज पुनः अर्को मुद्दा दर्ता गरेको छ । आयोगले यसअघि पनि पौडेललगायतलाई भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।

आयोगले केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयका सिडिई मेकानिकल नवीनकुमार पाखरेलविरुद्ध मुद्दा दर्ता गरेको छ । गलत मनसाय राखेर नेपाल सरकारलाई हानि–नोक्सानी पु(याउने उद्देश्यका साथ खरिद कार्य गरी रु ४० करोड ७५ लाख ५७ हजार सात सय ४० बराबरको भ्रष्टाचार गरेको आयोगको ठहर छ । आयोगले बिगोबमोजिम थप सजायको माग गर्दै आज मुद्दा दायर गरेको हो । 

Advertisement

यस्तै, केन्द्रका तत्कालीन लेखा अधिकृत खड्गबहादुर थापा र शाखा अधिकृत हरिवल्लभ घिमिरेविरुद्ध पनि समान बिगो दाबी गरेको छ । म्याक्स इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत अकबर हुसेनविरुद्ध पनि आयोगले समान बिगो दाबी गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । 

Advertisement

Advertisement