चर्चाको पात्र बनेका जीवी राईको राहदानी रोक्का गर्न पत्राचार

Advertisement

काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएपछि फरार रहेका जीबी राईको राहदानी (पासपोर्ट) रोक्का गर्न प्रहरीले राहदानी विभागमा पत्राचार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले राईको राहदानी रोक्का गर्न विभागमा पत्र पठाएको हो । गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछानेका पूर्व व्यवसायिक साझेदार राई अहिले मलेसियामा रहेको अनुमान गरिएको छ । 

Advertisement

राईमाथि सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप लागेको छ । सोही कुरालाई गृहमन्त्री लामिछानेको समेत संलग्नतासँग जोडेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानविन समितिको माग गर्दै आएको छ । 

Advertisement

Advertisement