क्यानले संदीपलाई विश्वकप खेल्न अमेरिका पठाउने

Advertisement

काठमाडौं । लोकप्रिय स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी टी–ट्वान्टी विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । साथै, क्यानले संदीपमाथिको निलम्बन पनि फुकुवा गरेको छ । 

उच्च अदालत पाटनबाट बलात्कार मुद्दामा सफाइ पाएसँगै क्यानले उनलाई विश्वकप खेल्न पठाउने भएको छ । क्यानका पदाधिकारीहरुका अनुसार संदीपलाई खेल्न पठाउने प्रारम्भिक सहमति भएको र बिहीबारसम्म निर्णय गर्ने बताएका छन् । 

Advertisement

आईसीसीको नियमअनुसार विश्वकप खेल्न मे २५ सम्म कुनै पनि टोलीले खेलाडी परिवर्तन गर्न सक्छ । यसअघि गएका खेलाडीहरु आईसीसीकै खर्चमा अमेरिका गए पनि संदीपलाई क्यानले नै खर्च गरेर अमेरिका पठाउन लागेको हो । अमेरिका गएको नेपाली टोली अहिले अभ्यासमा छ । यसरी खेलाडी परिवर्तन टिमबाट एक जना खेलाडी भने बाहिर ल्याउनुपर्ने हुन्छ । 
 

Advertisement

Advertisement