सबैले बेवास्ता गरेपछि डा. गोविन्द के.सीले अनसन तोडे

Advertisement

काठमाडौं । डा.गोविन्द के.सीले २२ औँ पटकको आमरण अनसनम तोडेका छन् । सबैले बेवास्ता गरेपछि उनले अनसन तोकेका हुन्  । 

प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामासहित चार सुत्रीय मागसहित अनसन सुरु गरेका केसीले बिहीवार स्वास्थ्य अवस्थालाई कारण देखाउँदै अनसन तोकेका हुन् । उनले त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरेका थिए । 

Advertisement

केसी पशुपति क्षेत्रको मृगस्थलीमा अनसन बसेको छैटौं दिनमा माग पूरा नभए पनि द्वन्द्व पीडितहरु भानुप्रताव साह, उज्वलकुमार श्रेष्ठ र सावित्री श्रेष्ठको हातबाट जुस खाएर अनसन तोडे । डाक्टर केसीले साह द्वन्द्वकालमा घाइते भएर आफैँले अप्रेसन गरेका घाइते भएको बताए । 

राज्यले नागरिकहरु प्रतिको दायित्व निर्वाह नगर्ने देखिएकाले अनसन तोेडेको उनले बताए । केसीले द्वन्द्व पीडितहरुले न्याय पाउनुपर्छ भन्दै ६ वर्षअघि देखि माग राख्दै आएको तर अहिलेसम्म सम्बोधन नगरेको बताए । 


अनसनको छैटौं दिन मेरो स्वास्थ्य अवस्था क्रिटिकल हुँदै गएको डाक्टरहरूले औंल्याएसँगै अनसन तोडेको उनले बताए । अनसनमा बस्दा उनको चर्चा र उनलाई भेट्न जानेहरु नगन्य थिए । विशेषगरी मेडिकल शिक्षामा जटिलता थपेर नेपाल युवाहरुलाई पढ्न विदेश जान केसीले बाध्य पारेको आम मानिसको धारणा बनेको छ । 

यद्यपि डा. केसीले वर्तमान शासकहरूको नियतलाई दृष्टिगत गर्दै अनसन तोड्नुपरेको बताए । उनले हत्या हिंसाको माध्यमबाट सत्तामा आएका दल र त्यस्तो पृष्ठभुमिमा रमेका रमाएकाहरूले शान्तिपूर्ण अहिंसात्मक सत्याग्रहको माग सुनुवाइ गर्छन् र शासकहरू संवेदनशील बन्छन् भन्नेकुरा सोच्नु मुर्खता भएको बताए । 

डाक्टर केसीका अनसनमा सशस्त्र द्वन्द्वकालका पीडितलाई न्याय दिनुपर्ने भन्दै प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालको तत्काल राजीनामा माग थियो । सबै नेपालीलाई निःशुल्क औषधि–उपचारको व्यवस्था गर्नुपर्ने, यसअघि गेटा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्ने विषयमा भएका सम्झौता कार्यान्वयन गर्नुपर्ने, सशस्त्र द्वन्द्वकालका पीडितलाई न्याय दिनुपर्ने, कार्की आयोगले दोषी ठह¥याएका व्यक्तिहरूलाई कारबाही गर्नुपर्ने थप चार बुँदे माग राखेर अनसनमा थिए । यी माग राखेर अनसन बसेका केसीले कतैबाट पनि वास्ता नभएपछि अनसन भंग गरेका हुन् ।

Advertisement

Advertisement