एक दिनमै डेलिभरी भयो ५० वटा बीवाईडी

Advertisement

काठमाडौं । एक दिनमै ५० यूनिट बिवाईडी गाडी डेलिभरी भएको छ । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले शनिबार ५० वटा गाडी डेलिभरी गरेको हो । 

काठमाडौंको गुहेश्वरीमास्थित र हालै पुनर्निर्मित बीवाईडी सर्भिस सेन्टरमा एट्टो ३ र बीवाईडी डल्फिन मोडलका गाडी डेलिभरी गरिएको कम्पनीले जनाएको छ ।

Advertisement

सो अवसरमा रोड साइड असिस्टेन्स (आरएसए) भेइकलको रुपमा बीवाईडी ई६ समेत सार्वजनिक गरियो, जुन पहिलो पटक २०१७ मा भित्रिएको थियो।निर्वाध र रमाइलो ड्राइभिङ अनुभवलाई सुनिश्चित गर्न तथा ग्राहक सन्तुष्टि र सुरक्षाका लागि समेत यसले महत्वपूर्ण भूमिका खेल्ने छ । 

‘सर्भिस सेन्टरबाट ५० बीवाईडी गाडी डेलिभरी गरेर र ७ वर्ष पुरानो बीवाईडी गाडीलाई डेडिकेटेड आरएसए भेइकलको रुपमा परिचित गराएर साइमेक्स इंकले यो क्षेत्रमा नयाँ आयाम थपेका साइमेक्स इंकका सर्भिस हेड सुशिल तण्डुकारले बताए । 

‘अत्याधुनिक ईभी प्रविधि र दिगो मोबिलिटी सोलुसनको पहुँच ग्राहकमाझ पुयाउने हाम्रो अडिग प्रतिबद्धतालाई यसले दर्शाउछ । आरएसए भेइकलको परिचयसँगै बीवाईडी ग्राहकहरुलाई देशभर व्यापक सपोर्ट र सर्भिस प्रदान गर्ने कम्पनीको समग्र दृष्टिकोणलाई यसले अझै बलियो बनाएको छ । यससँगै नेपालमा यातायातको भविष्य निर्माण गर्नमा महत्वपूर्ण भूमिका खेल्न पाएकोमा हामी गौरवान्वित छौ,’ उनले भने ।

बीवाईडी डल्फिन र बीवाईडी एट्टो ३ एड्भान्स्ड फिचर, सुपेरियर पर्फमेन्स र अत्याधुनिक प्रविधिका लागि लोकप्रिय बनेको र ग्राहकलाई अद्वितीय ड्राइभिङ अनुभव प्रदान गर्न तथा वातावरण संरक्षण गर्नमा महत्वपूर्ण भूमिका खेल्न सक्षम रहेको कम्पनीले जनाएको छ । 
 

Advertisement